/ गर्मी महिनामा डगीको भोक किन हराउँछ? (कारण र समाधान)
गर्मी महिनामा डगीको भोक किन हराउँछ? (कारण र समाधान)
May 28, 2026
गर्मी महिनामा डगीले मात्र नभएर अन्य पशुपन्छी र हामी मानिसले पनि अरू बेला भन्दा कम खाना खान्छौँ। त्यसैले, तपाईंले पालेको प्यारो साथीले गर्मीमा थोरै खाना खायो भन्दैमा डराइहाल्नु पर्दैन।
यसको पछाडि केही वैज्ञानिक कारणहरू छन्। आउनुहोस्, हाम्रा प्यारा साथीहरूले गर्मीमा किन कम खान्छन् र यस्तो बेला उनीहरूलाई कसरी खाना खुवाउने भन्ने बारेमा बुझौँ।
डगीको भोक कम हुनुका मुख्य कारणहरू:
शरीरको तापक्रम मिलाउन : हामी सबैलाई थाहा छ, खाना खाएपछि त्यो पच्ने बेलामा शरीरको तापक्रम बढ्छ। त्यसैले शरीरलाई धेरै तातो हुन नदिन उनीहरूले आफैँ खानाको मात्रा घटाउँछन्।
बजारको खानामा हुने केमिकल : बजारमा पाइने डग फुड (Dog Food) मा विभिन्न Chemical र Preservatives (BHA, BHT) राखिएको हुन्छ। यस्तो खाना पचाउन डगीको कलेजो र मिर्गौलाले धेरै मेहेनत गर्नुपर्छ, जसले शरीरमा झन् धेरै गर्मी पैदा गर्छ। शरीरलाई चिसो राख्न उनीहरू यस्तो खाना बेवास्ता गर्न थाल्छन्।
कम ऊर्जा खर्च हुनु (Less Energy Burn) : गर्मी महिनामा हाम्रा साथीहरू धेरैजसो चिसो ठाउँमा सुतेरै दिन बिताउँछन्। अरू मौसम जस्तो धेरै दौडिने र खेल्ने नगर्ने हुनाले उनीहरूको Calories धेरै खर्च हुँदैन। शरीरलाई धेरै खाना नचाहिने हुनाले उनीहरू कम खान्छन्।
दिनचर्यामा परिवर्तन : गर्मीले गर्दा उनीहरूलाई बाहिर डुलाउने (Morning/Evening Walk) समय फेरिन्छ, जसले गर्दा उनीहरूको खाना खाने रुटिनमा पनि असर पर्छ।
धेरै पानी पिउनु : गर्मीमा उनीहरूलाई धेरै तिर्खा लाग्छ। आफ्नो शरीरको तापक्रम कन्ट्रोल गर्न उनीहरू धेरै पानी पिउँछन्, जसले गर्दा पानीले नै उनीहरूको पेट भरिन्छ।
गर्मीमा डगीलाई कसरी खुवाउने? (समाधान)
केमिकल नभएको खाना दिने : बजारमा पाइने धेरैजसो डग फुडमा केमिकल र आर्टिफिसियल कुराहरू हुन्छन् जसले गर्मीमा डगीलाई गाह्रो बनाउँछ। यसको सबैभन्दा राम्रो उपाय भनेको ‘LP Product Homemade Dog Foods’ खुवाउनु हो। किनकि LP Product Homemade को dog food मा कुनै केमिकल हुँदैन र यो १००% प्राकृतिक (Natural) कुराहरूबाट मात्र बनेको हुन्छ।
सही समयमा खाना दिने : दिउँसोको चर्को घाममा उनीहरूले खाना खादैनन्। त्यसैले बिहानको शीतलमा वा बेलुका घाम अस्ताएपछि मात्र खाना दिने रुटिन बनाउनुहोस्।
सफा र ताजा पानी : शरीर चिसो राख्न उनीहरूलाई जतिबेला पनि पानी चाहिन्छ। आफ्नो साथीको नजिकै सधैँ सफा पानी राखिदिनुहोस् र दिनमा ३ देखि ४ पटक पानी फेरिदिनुहोस्।
झोलिलो खाना (Moisture Food) :सुख्खा खाना (Dry Kibble) मात्र दिनुभन्दा त्यसमा अलिकति पानी वा उनीहरूलाई मिल्ने झोलिलो कुरा मिसाएर नरम बनाएर दिनुहोस्।
चिसो वातावरण : डगी बस्ने ठाउँ वा खोर धेरै गर्मी हुने ठाउँमा छ भने त्यसलाई शीतल हुने ठाउँमा सारिदिनुहोस्।
जबरजस्ती नखुवाउने :तपाईंको प्यारो साथीले अरू बेला भन्दा कम खायो भनेर जबरजस्ती नखुवाउनुहोस्, यो एकदमै सामान्य कुरा हो। तर यदि डगी एकदमै सुस्त देखिएको छ, १-२ दिनदेखि केही खाएकै छैन र अनौठो व्यवहार देखाएको छ भने चाहिँ ढिला नगरी भेटेरिनरी (Vet) डाक्टरलाई देखाउनुहोस्।
प्राय सोधिने प्रश्नहरू:
गर्मी महिनामा डगीका लागि कस्तो प्रकारको खाना सबैभन्दा राम्रो हुन्छ?
गर्मीमा कुनै पनि रसायन (chemicals) वा प्रिजर्भेटिभ्स (preservatives) नहालिएको प्राकृतिक खाना सबैभन्दा उत्तम हुन्छ। यस्तो खाना सजिलै पच्छ, जसले गर्दा शरीरभित्र धेरै गर्मी उत्पन्न हुन पाउँदैन र यो गर्मी महिनामा कुकुरको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ। यसको सबैभन्दा राम्रो विकल्प LP Product Homemade को Dog Food हो।
गर्मीमा डगीले कतिसम्म कम खानुलाई सामान्य मानिन्छ?
भोकमा अलिकति कमी आउनु सामान्य कुरा हो। यदि तपाईंको डगीले कुनै एक पटकको खाना छोड्यो वा पहिलेभन्दा २० देखि ३० प्रतिशत (20-30%) कम खायो भने त्यसलाई सामान्य मान्न सकिन्छ।
के म गर्मी महिनामा डगीको सुक्खा खाना (dry food) मा पानी वा दूध मिसाएर दिन सक्छु?
हुन्छ, र यो एकदमै राम्रो उपाय पनि हो। सुक्खा दाना (kibble) मा थोरै पानी वा दूध मिसाउँदा त्यो नरम र पचाउन सजिलो हुन्छ। साथै, यसले गर्मीमा डगीको शरीरमा पानीको कमी हुन दिँदैन (hydrated राख्छ)।